शुक्रबार, बैशाख ७, २०८१

सार्क अगाडिनै नेविसङघको महाधिवेशन मिति नतोकिए देशव्यापी सङ्घर्ष: विद्यार्थी नेताहरु

bay bi song flagकाठमाडौ मङ्सिर १, नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका मिति आसन्न सार्क शिखर सम्मेलन अगाडि नतोके विद्यार्थी नेताहरुले देशव्यापी सङ्घर्षका कार्यक्रम घोषणा गर्ने नेताहरुलाइ  चेतावनी दिएका छन ।  त्यस्तै पटक पटक प्रस्तावित मितिको सङघारमा पुग्दै गर्दा यो वा त्यो बाहनामा स्थगित हुँदै आएको नेवि सङ्घको ११ औँ महाधिवेशन हुन नसक्दा प्रजातान्त्रिक पार्टीको भातृ सङगठन भनिएको विद्यार्थी सङगठनले विगत आठ वर्ष यतादेखि प्रजातन्त्रको अभ्यास गर्न नपाएको भन्दै आक्रोशित विद्यार्थी नेताहरू माउ पार्टी नेपाली काँग्रेसमा मौलाउँदै गरेको गुटगट राजनितिका शिकार भएका छन ।

त्यस्तै पार्टी नेतृत्वले अधिवेशनका नाममा टालटुल गरेर पार्टीको महाधिवेशनसम्म लैजाने रणनीति लिएको हुँदा मङ्सिरभित्रमा महाधिवेशन गर्ने गरी अठारौँ शिखर सम्मेलनभन्दा अगाडि नै मिति तोक्न माग गरेको हो । साथै पाटी नेतृत्वले अझैपनि महाधिवेशन विद्यर्थी सङगठनको माग प्रति नजर अन्दाज गरे नेताहरूलाई ज्ञापनपत्र बुझाउन देखि लिएर, सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने, काँग्रेस पार्टी कार्यालय र जिल्ला पार्टी कार्यालयमा समेत नारा, जुलुस, धर्ना, अनशनलगायत सङ्घर्षका कार्यक्रम आज पत्रकारसम्मेलन मार्फत घोषणा गरेको हो । पत्रकार सम्मलनमा नैनसिंह महर, शिव बोहरा, रवीन्द्र शाहलगायत विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31