बिहिबार, बैशाख १३, २०८१

सार्कका लागि विभागद्दारा हजारभन्दा बढी प्रेस पास जारी, सुरक्षा निकायको पास अनिवार्य

doinepalकाठमाडौ मङ्सिर ३, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को  १८औ शिखर सम्मेलनसम्बन्धी समाचार सङ्कलन गर्न स्वदेशी तथा विदेशी गरी हालसम्म एक हजारभन्दा बढी सञ्चारकर्मीले प्रवेशपास जारी भएको भएको सूचना विमाल जनाएको छ । विभागका अनुसार निवेदन दिनेमध्ये मङ्गलबार अपराह्न ४ बजेसम्म ६६० जनाको शिखर सम्मेलनमा सहभागिताका लागि प्रवेशपत्र तयार भइसकेको छ । त्यसमध्ये नेपालका ३८४ सञ्चारकर्मीलाई पनि सम्मेलनको समाचार सङ्कलनका लागि अनुमतिपत्रको व्यवस्था गरिसकिएको विभागले जनाएको छ ।

सार्कका सदस्य मुलुकमध्ये हालसम्म भारतबाट ९७, बङ्गलादेशबा ८९, अफगानिस्तानबाट १७, भुटानबाट दुई, पाकिस्तानबाट छ, श्रीलङ्काबाट चार र माल्दिभ्सका छ जनाको प्रवेशपत्र तयार भइकेको छ । त्यसैगरी पर्यवेक्षकसहित अन्य मुलुकका तर्फबाट चीनका दुई, जर्मनीका एक, बेलायतका पाँच, इटलीका एक, जापानका चार, कोरियाका एक, नर्वेका एक, स्पेनका एक, थाइल्यान्डका चार र संयुक्त राज्य अमेरिकाका दुई सञ्चारकर्मीलाई समेत सम्मेलनको समाचार सङ्कलनका लागि अनुमति दिइएको विभागले जनाएको छ ।

स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरुका लागि जारी प्रेस पासमा विधागतरुपमा सम्मेलनको मुख्यस्थल राष्ट्रिय सभागृह, ¥याडिसन होटलस्थित सञ्चारकेन्द्र सोल्टी होटल, सिंहदरबार र त्रिभुवन विमानस्थलमा समाचार सङ्कलनका लागि स्थानविशेषको मात्रै प्रयोग गर्न पाउने गरी प्रवेशपत्र दिइएको छ तर यसको लागि मङसिर ५ गते बाट प्रस्तुत पासको आधारमा अनिवार्य रुपमा सुरक्षा निकायद्दारा वितररित सुरक्षा पास लिनु पर्ने व्यवस्था भएको  जनउँदै  ससुरक्षा पास बगर समाभार सङकलन  गर्न नसकिने  विभागले जनाएको छ ।