शुक्रबार, चैत्र १६, २०८०

सामाजिक सञ्जालमा अश्लिल सन्देश पठाउने तामाङ पक्राउ

काठमाडौ कात्तिक १८, सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रोफाइलमार्फत अश्लिल सन्देश पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न एक facebook-logoव्यक्तिलाई नेपाल प्रहरी आज पक्राउ गरेको छ । रामेछाप घर भई हाल काठमाडौँको सिनामङ्गल बस्ने २३ वर्षीय मङ्गलबहादुर तामाङलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी विद्युतीय कारोवार ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।