बिहिबार, बैशाख १३, २०८१

सभासद् थापालाई फिर्ता बोलाउन माग

काठमाडौ कात्तिक २०, भ्रष्टाचारको अभियोगमा व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा रहनुभएका गणेश थापालाई सभासद्लगायत सम्पूर्ण जिम्मेवारीबाट फिर्ता बोलाउन सो पार्टीका भ्रातृ सङ्गठनले माग गरेका छन् ।timthumbराष्ट्रिय प्रजातान्त्रिक मजदुर सङ्घका

रमा थापा, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घका सभापति सगुनसुन्दर लावती, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका सभापति किशोर गुरुङ र राष्ट्रिय युवा मोर्चाका सभापति बालकुमार राईले आज जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई सभासद् बनाउनुहुन्न भन्ने देशभरका निष्ठावान नेता र कार्यकर्ताको मनोभाव लाइ अध्यक्ष कमल थापाले तिलाञ्जलि दिएर मन्त्रिपरिषद्को सिफारिसमा मनोनयन हुने २६ सभासद्मा आफ्ना सहोदर भाइ गणेशको नाम सिफारिस गरिएको उल्लेख छ ।