शुक्रबार, चैत्र १६, २०८०

सञ्चारिकाले गर्यो पत्रकार महिलाको सङ्ख्यामक र गुणात्मक वृद्धिको माग

SAS-logo-newकाठमाडौं कात्तिक १८, पत्रकार महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धिका लागि सरकारले नीति तथा कार्यक्रम बनाउनुपर्ने माग सहितका चारबँुदे मागपत्र पत्र प्रस्तुत गर्दै सञ्चारिका समूह नेपालको १८ औँ वार्षिक साधारणभा सम्पन्न भएको छ ।

सोमबारबाट ललितपुरमा सुरु भएको समूहको १८ औँ वार्षिक साधारणभाले श्रमजीवी पत्रकार महिलाको व्यावसायिक र भौतिक सुरक्षाका तथा प्रत्येक समाचारकक्षमा ३३ प्रतिशत महिला सहभागिताका लािग श्रमजीवी पत्रकार ऐन संशोधन गर्नुपर्ने, माघ ८ भित्र लैङ्गिकमैत्री संविधान जारी गर्नुपर्ने, सरकारीसञ्चारमाध्यममा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।