बिहिबार, बैशाख १३, २०८१

सञ्चारमन्त्री डा रिजाललाई युनियनले बुझाए ७ बुँदे ज्ञापन

काठमाडौं कात्तिक २१, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिका अध्यक्ष बद्री सिग्देलको सहितका पदाधिकारीले आज सञ्चार मन्त्री डा मीनेन्द्र Minendra-Rijal3-300x225रिजाललाई बुँदे ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूका लागि दुर्घटना बिमा र औषधि उपचार कोषमा रकम जम्मा गर्न माग गरेका छन् ।

मन्त्री रिजाललाइ बुझाउँएको ज्ञापनपत्रमा श्रमजीवी पत्रकार ऐन र नियमावली दुवैमा दुर्घटना बिमा र औषधि कोषका सम्बन्धमा कुनै व्यवस्था नभएको उल्लेख गर्दै युनियनले पत्रकार दुर्घटना बिमाका लागि रु पाँच लाख र औषधि उपचार कोषका लागि रु एक लाख जम्मा गर्न माग गरेका हो । साथै युनियनले कोष प्रयोजनार्थ पत्रकारबाट ४० प्रतिशत र लगानीकर्ताबाट ६० प्रतिशत लगानी गरी कोष निर्माणका लागि पहल गर्न आग्रह गरेका हुन् ।

त्यस्तै ज्ञापनपत्र बुझ्दै सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री डा रिजालले सरकार सहमतिकै आधारमा संविधान निर्माण गर्ने पक्षमा अडिक रहेको बताउँदै अधिकतम् प्रयत्न असफल भए प्रक्रियाबाटै भएपनि माघ ८ गते संविधान जारी हुने बताउँदै सरकार श्रमजीवी पत्रकारको पक्षमा रहेको बताउँदै लगानीकर्ता र श्रमजीवी पत्रकारलाई सहमतिमा ल्याएर श्रमजीवी पत्रकार ऐन लागू गराउने तयारीमा रहेको बताउँनु भएको थियो ।