शनिबार, बैशाख ८, २०८१

संवाद समितिको बैठक भोली नौ बजे सम्मको लागि स्थगित, तिनदलको बैठक पनि निष्कर्ष विहिन

काठमाडौं कार्तिक १६,  सहमती र असहमतीका विषयहरुलाई समेटेर प्रतिवेदन तयारपारी संविधान सभामा पठाउनको लागि आज बोलाइएको संवैधानिक राजनीतिक 3-dall-ko-logoसंवाद समितिको बैठक केही समय मात्र बसी भोली ९ बजे सम्मको लागि स्थागित भएको छ ।

समितिको बैठक २ बजे बोलाइएको भए पनि ५ घण्टा ढिलो गरी सुरु भएको समितिको बैठक कुनै छलफलमै प्रवेश नगरि भोलि ९ बजे सम्मको लागि स्थगित गरिएको हो ।
संविधानसभाको नियमावलीअनुसार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले सबै कुरा सहमतिद्वारानै टुंग्याउनुपर्छ । प्रतिवेदन प्रस्तुत गर्दा पनि सहमतिद्वारा नै निर्माण गर्नुपर्छ । अन्तरबस्तु र प्रतिवेदनमा टुङगो नलागेसम्म बैठक निरन्तर जारी रहन्छ त्यसले आजको बैठक भोली ९ बजे सम्मको लागि स्थागित गरिएको छ’, बैठकपछि सभापति बाबुराम भट्टराईले सञ्चारकर्मीलाइ जानाकारी दिए ।

यस्तै विवादित विषयमा सहमती जुटाउन भन्दै बसेको तिन दलको बैठक पनि विना निश्कर्ष सकिएको छ । बैठकमा प्रदेशको संख्याको सम्वन्धमा दलहरुले आ आफनै अडान लिए पछि तिन दलको बैठकमा कुनै निष्कर्षमा पुग्न नसकेको हो ।  तिनदलको बैठक भइरहदा यता संवाव समितिमा भने सभासदहरु कति बेला बैठक सुरु होला भन्दै कुरिरहेका थिए । संवाद समितिको बैठक बोलाइको समय भन्दा ५ घण्टा ढिला भइ सक्दा पनि तिनदलको बैठक निष्कर्षमा नपुगेपछि सानादलका नेताहरु तीनदलका नेताहरुलाइ लिन तिन दलको बैठक बसिरहेको कक्षमै पुगेका थिए ।