बिहिबार, बैशाख १३, २०८१

वर्ष २०७१ को प्रवेशिका परीक्षा चैत ५ देखि

भक्तपुर मङ्सिर ४, वर्ष २०७१ को प्रवेशिका परीक्षा आगामी चैत ५ गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डितको sLCअध्यक्षतामा बसेको परीक्षा समितिको बैठकले पहिलो पटक प्राविधिक शिक्षाको पनि प्रवेशिका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालयल जनाएको छ ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालयलका अनुसार यस वर्षदेखि साधारण शिक्षा र प्राविधिक शिक्षा दुई भागमा विभाजन गरी छुट्टाछुट्टै रुपमा लिइने र यसको लागि परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको तालिकाअनुसार साधारणतर्फको परीक्षा चैत १३ गते र प्राविधिकतर्फको चैत १६ गते मात्र सम्पन्न हुनेछ । साधारण शिक्षातर्फ छ अनिवार्य विषय हुन्छ भने प्राविधिकतर्फ चार मात्र बताएको छ ।

बैठकले अनिवार्य अङ्ग्रेजी र कम्प्युटरको प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालयमा नै सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि विद्यालय व्यवस्थापन समिति र विषय शिक्षकले प्रश्नपत्र तयार गर्ने छन् ।