शुक्रबार, चैत्र १६, २०८०

माओवादी केस समितिको विस्तारित बैठक स्थगन

काठमाडौं मङसिर ६,   नेकपा–माओवादीको आजका लागि बोलाइएको केन्द्रीय समितिको विस्तारित बैठक आइतबारसम्मका लागि स्थगित cpn_maoistभएको छ । बैठकमा मा सचिव नेत्रविक्रम चन्द पक्षको उपस्थितीको अपेक्षा गर्दै आजको बैठक स्थगित भएको हो ।

त्यस्तै बैठक स्गथन पछि माओवादी प्रवक्ता पम्फा भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– आजबाट आयोजना गरिएको केन्द्रीय समितिको बैठकमा सबै सदस्यलाई सहभागी गराउन आह्वान भइरहेकोमा केही जिम्मेवार सदस्यले बैठकमा सहभागी हुने र नहुनेबारे केही साथीहरुबीच छलफलमा भइरहेको भनिएकाले, सबै सहभागी हुने अपेक्षाका साथ आजको बैठक भोलि मङ्सिर ७ गते बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको जनाइएको छ ।