बिहिबार, बैशाख १३, २०८१

मङ्सिर १२ गतेसम्म लोडसेडिङग नहुने

काठमाडौ मङ्सिर ३ ऊर्जा मन्त्री राधा ज्ञवालीले आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क०को अठारौँ शिखर सम्मेलन अवधिभरि मुख्य क्षेत्रमा विद्युत् भार कटौती नहुने जानकारी दिनुभएको छ ।

indexराजधनीमा आज आयोजित साक्षात्कारमा बाल्दै मन्त्री ज्ञवालीले सार्क अवधि अर्थात् यही मङ्सिर १२ गतेसम्म सार्कका मुख्य क्षेत्रहरू उपत्यका काठमाडौँसहित विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, तथा प्रतिनिधिको भ्रमण गर्ने क्षेत्र जनकपुर, लुम्बिनी, मुक्तिनाथलगायतका क्षेत्रमा विद्युत्भार कटौती नहुने जानकारी दिनुभएको हो । साथै उहाँल त्यसको लागि भारतबाट ५ सय मेगावाट विद्युतमागेको र त्यसमध्ये १ सय७० मेगावाट विद्युत आयात भइरहेको जानकारी दिईन् ।

त्यस्तै मन्त्री ज्ञवालीले उक्त साक्षात्कारमा आसन्न सार्क सम्मेलनमा विषय सहयोग सम्झौताका महत्वपूर्ण नितिगत निर्णय हुने जानकारी दिनुभएको छ । साथै उहाँले मुलुकमा संविधान निमार्णका सवालमा देखिएको राजनीतिक गतिराढलार्ई सहमतिका आधारमा समाधान गर्दै निर्धारित माघ ८ भित्रमा संविधान जारी गरी मुलुकलाई आर्थिक तथा सामाजिक विकासको बाटोमा अगाडि बढाउनप्रमुख दलका शिर्ष नेतृत्वलाई आग्रह गर्नुको भएको थियो