शुक्रबार, बैशाख ७, २०८१

भारतीय प्रम मोदीको जनकपुर भ्रमण स्थगन सम्बन्धी कुनै आधिकारिक जानकारी आएको छैन: परराष्ट्रमन्त्री पाण्डे

काठमाडौं  मङसिर ५,  परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरको भ्रमण स्थगित भएकोबारे k//fi6« dGqL dx]Gb|axfb'/ kf08] . tl:a/M k|bLk/fh jGt–/f;;आधिकारिकरुपमा कुनै जानकारी नआउँदैको अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ती जारी गर्दै प्रम मोदीको जनकपुर भ्रमण स्थगित भएको भन्ने जानकारी सार्वजनिक गर्नु भएकोमा असन्तुष्टि प्रकट गर्नु भएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेल सार्क शिखर सम्मेलनका लागि आउने नेताहरुको घुम्न चाहेको स्थानमा घुमाउनका लागि नेपाल सरकार तयार रहेको भन्दै प्रम मोदीको जनकपुर भ्रमणका आधिकारिकता पुष्टि गर्न आधिकारिक व्यक्ति आफु भएको बताउँनु भएको छ । साथै उहाँले भ्रमणका सवालमा उनले मिस कम्युनिकेशनु भएको हुनसक्ने भन्दै यस सम्बन्धमा कुनै जानकारी नआएको बताउँनु भएको  छ ।

स्मरण रहोस प्रम मोदीको मङसिर ९ मा हुन लागेको जनकपुर भ्रमण स्थगित भएको मन्त्री निधिले बिहीबार साँझ वक्तव्य जारी गर्नु भएको थियो ।

त्यस्तै पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले १८ औं सार्क शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको र भोलि देखि बैठकको प्रक्रिया सुरु हुने जानकारी दिदै मङसिर १० र ११ मा सम्पन्न् हुँन शिखर सम्मेलनको लागि सरसफाईको काम मात्र बाँकी रहेको बताउँनु भएको छ । ।

मोदीको जनकपुर भ्रमण स्थगन भएको जानकारी आएको छैन : गृहसचिव  सिलवाल

यसैवीच गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण कार्यक्रम स्थगन भएको जानकारी कहीँबाट लिखित रुपमा नआएको स्पष्ट गर्नुभएको छ । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले परराष्ट्र मन्त्रालय र कुटनीतिक निकायबाट भ्रमण स्थगन भएको लिखित जानकारी नआएको स्पष्ट गर्दै भारतीय सरकारबाट आएको लिखित प्रस्तावअनुरुप नै भ्रमणस्थलमा तयारी भइरहेको छ बताउँनु भएको छ ।

साथै गृहसचिव सिलवालले प्रम मोदीको य जनकपुर भ्रमणलाई सुरक्षित र व्यवस्थित गराउन सरकार लागिपरेको बताउँदै कार्यक्रमस्थल बाह्रबिघा उपयुक्त अवस्थालाइ दृष्टिगत गर्दै सो ठाउँमा आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभयो त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31