बिहिबार, बैशाख १३, २०८१

प्रम कोइराला लगायतका शीर्ष नेताको आग्रहमा आज साँझ प्रचण्ड राजधानी फर्किदै

काठमाडौं कात्तिक २७,  संविधानका विवादित बिषयमा दलहरुबीच सिर्जित तीब्र मतभेद एवम् सहमतिको लागि भन्दै आफ्नो संयोजनामा रहेको राजनीतिक समितिको बैठकमा अध्यक्ष दाहाल रोल्पा आएका थिए । सत्ताधारीदल  कांग्रेस र एमालेका नेताहरु सहभागी नभएपछि एकाएक बैठक puspa kamalछाडेर गत आइतवार रोल्पा पुग्नु भएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पाली जनताको साथ र सहकार्यको लागि अपिल गर्दै उतै रुमलिए पछि संविधान निमार्ण कार्यतालिका प्रभावित भएका छन भने ।

एकातर्फ संविधानका विवादित सवालमा सहमति बन्न नसक्नु अर्को तर्फ संवाद सहमतिको बैठकमा सत्ताधारी दलको तर्फबाट प्रस्तुत साझा अवधारणा माथि छलफल हुन नसक्नुले   दिनानुदिन अन्यौलताको वातावरण सिर्जना भएकाछन ।

मुलुकको राजनैतिक वृतमा देखिएको यि यस्ता व्यवधानका वीच रोल्पा पुगेका एमाओवादी अध्यक्ष प्रचण्ड रोल्पमानै अलमलिदा राजधानीमा अनेकन शंङका उपशङका पनि सिर्जना नभएका भने होइनन । यद्यपी सहमतिको वातावरण बन्छ भनेमात्रै राजधानी आउँने बताउँदै आएका अध्यक्ष प्रचण्ड कांग्रेस, एमालेका शीर्ष नेता तथा संविधानसभाका अध्यक्षलगायतले राजधानी  आउन आग्रह गरेपछि आज राजधानी फर्किदै गरेको उहाँनिकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राजधनी फर्केलगत्तै प्रचण्डले राजनीतिक भेटवार्ता र सहमतिको प्रयास सुरु गर्ने बताइएको छ । यसअघि प्रचण्डले विहिवार विहन बिहान रोल्पाको माडिचौरमा आयोजित सभालाई सम्बोधन गर्नेको अलावा कार्यकर्ताहरुसङगको भेटघाट गर्ने तयारी रहेको थाहा भएको छ । त्यसपछि एमाओवादी अध्यक्ष प्रचण्ड रोल्पाबाट भैरवहा हुँदै साँझ ५ बजेको बिमानबाट राजधानी फर्किने सम्बद्ध स्रोतले जनाएकोछ ।