शुक्रबार, बैशाख ७, २०८१

न्याय सम्पादन प्रक्रियालाइ निष्पक्ष र प्रभावकारी बनाउन राष्ट्रिय न्यायाधीश राष्ट्रिय हुने

काठमाडौ कात्तिक २४, भावी संविधानमा न्यायपालिकाको संरचना र न्यायिक कामकारबाहीका सम्बन्धमा छलफल गने उद्देश्य सहित आगामी supreme-court-nepal1मङ्सिर महिनाको पहिलो साता काठमाडौँमा देशभरका न्यायाधीशको दोस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ ।  मङ्सिर १ गतदेखि आयोजना गरिने उक्त तीनदिने सम्मेलनमा विद्यमान न्याय सम्पादनलाई छिटो–छरितो, निष्पक्ष र प्रभावकारी बनाउन भावी कार्ययोजनाको समेत पहिचान गर्ने लक्ष्य निर्धारण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै सर्वोच्च पुनरावेदन र जिल्ला अदालतमा रहेका सबै न्यायाधीशहरुको सहभागीतामा हुने उक्त सम्मेलनले भावी संविधानमा न्यायपालिकाको संरचनाः हाम्रो सरोकार र अपेक्षा’, ‘न्यायपालिकाको समसामयिक समस्या र चुनौती एवम् भावी कार्यदिशा’, ‘न्यायिक उत्तरदायित्व तथा न्यायाधीशको भावी आचारसंहितको प्रभावकारी कार्यान्वयन’ र ‘न्यायपालिकाको तेस्रो रणनीतिक योजनाको कार्यान्वयनको अवस्था लगायतका प्रसङगमा छलफल गरी प्रतिवेदन तयार पार्ने कार्य योजना रहेको समाचारमा जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31