बिहिबार, बैशाख १३, २०८१

नयाँ क्रान्तिमा होमिएको विप्लवको उद्घोष

चितवन मङसिर १४, नेकपा–माओवादीबाट अलग्गिएका नेता नेत्रविक्रम चन्द विप्लवले आफूहरू नयाँ क्रान्तिमा होमिएको उद्घोष गर्नुभएको छ ।आज बिहान चितवनको भरतपुरमा अगुवा कार्यकर्ता भेटघाटका क्रममा उहाँले नयाँ क्रान्तिमा सहभागी हुन अन्य पार्टीका कार्यकर्तालाई समेत आग्रह netraगर्नुभयो । तर कस्तो क्रान्ति भन्नेबारे भने उहाँले केही खुलाउनु भएन । नयाँ चरणको सङ्घर्ष सुरु भएको जनाउ दिँदै उहाँले जुनसुकै आन्दोलन गर्नुपरे पनि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले क्रान्तिको नाममा अवसरवादीहरू हावी भएको र नेपाली जनताले परिवर्तनको कुनै अनुभूति गर्न नपाएकाले आफूले विद्रोहमा उत्रनुपरेको बताउनुभयो । अहिलेसम्म नयाँ पार्टीको नामको यकिन नगर्नुभएका उहाँले छिट्टै पार्टीको नाम घोषणा गर्नुहुने आजको भेलामा सहभागी एक जिल्ला नेताले जानकारी दिएका छन् ।उहाँले समय मिलेमा भोलि १५ गते राजधानीमा पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्यक्रमबारे जानकारी दिनुहुने आजको भेलामा जानकारी गराइएको थियो ।

शनिबार चितवनमा गोप्य भेला गरी विप्लवले नयाँ पार्टीको नामसहित आगामी कार्ययोजना तय गरेको समाचार यहाँका सञ्चारमाध्यमले प्रकाशन÷प्रसारण गरेका छन् । अर्काे महिना राष्ट्रिय सम्मेलन गर्ने तय भएको समेत विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेको छ । पार्टी जिल्ला नेताहरूले भने सो विषयमा जानकारी नभएको बताए पनि भोलि १५ गते भने राजधानीबाट सबै कार्यक्रमबारे जानकारी दिइने बताएका छन् । यस्तै नयाँ सम्मेलन आयोजक समिति तय गरी त्यसको संयोजकमा विप्लवलाई राखिएको पार्टी स्रोतले जनाएको छ । रासस