मङ्लबार, बैशाख ४, २०८१

काँग्रेस र एमालेको प्रस्तावमा जातीय–क्षेत्रीय महासङ्घको असहमति

काठमाडौँ कात्तिक २०, आदिवासी–जातीय–क्षेत्रीय महासङ्घले नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलले प्रस्तुत गरेको सङ्घीयता, निर्वाचन प्रणाली तथा व्यवस्थापिकाको संरचनाको प्रस्तावमा महासङ्घको असहमति रहेको जनाएको छ ।

महासङ्घका महासचिव सुरेश आलेमगरले आज एक विज्ञप्ति जारी गर्दै उक्त प्रस्तावले मुलुकमा आदिवासी÷जनजाति, दलित, मधेसी, मुस्लिम, महिलालगायतका जाति एवम् समुदायहरूले सदियौँदेखि झेल्दै आइरहेका उत्पीडन, शोषणलाई निरन्तरता दिने र उनीहरूले गरेका आन्दोलन र विभिन्न समयमा गरेका सहमति तथा सम्झौताहरूलाई पूरै बेवास्ता गरेको उल्लेख गरेको छ ।

त्यस्तै विज्ञप्तिमा सङ्घीय एकाइहरूको नामकरण एकल जातीय पहिचानका आधारमा हुनुपर्ने, अग्राधिकार, गणतन्त्र, धर्मनिरपेक्षता, जातीय स्वायत्तता र स्वशासन, राज्यसत्ताका सबै अङ्गहरूमा जातीय एवम् लैङ्गिक जनसङ्ख्याका आधारमा समावेशीता र समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने माग महासङ्घले अघिसारेको छ ।  साथैे उक्त प्रस्तावले समस्यालाई समाधान नगरी देशलाई मुठभेडको दिशातिर लैजाने भन्दै उहाँले त्यसतर्फ सचेत हुन आग्रह पनि गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31