बिहिबार, बैशाख १३, २०८१

कर दिवसको अवसरमा करदातालाई विभागले ल्यायो छुटको योजना

काठमाडौ मङसिर १,तेस्रो राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले करदातालाई कर तिर्न आउँदो पुस मसान्तसम्म विभिन्न Inland-revenue-department-IRDछुटका योजना सार्वजनिक गर्नुको अलावा आजदेखि एक सातासम्म कर सप्ताहसमेत मनाइने भएको छ ।  त्यस्तै आज राष्ट्रिय कर दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागले लाजिम्पाटस्थित विभागको कार्यालयबाट पदयात्रा कार्यक्रमको आयोजना गरेका छा । पदयात्रा राजधानीको लैनचौर, त्रिदेवीमार्ग, जमल, घन्टाघर, रत्नपार्क, भद्रकाली, सहिदगेट हुँदै बागदरबारमा गएर समापन भएको थियो भने

पदयात्रा पछिको कायक्रमलाइसम्बोधन गर्दै विभागका महानिर्देशक चूडामणि शर्माले नागरिकले तिरेको करले देशको विकास, निर्माणमा खर्च गरिने हुँदा प्रत्येक नागरिकलाई समयमा नै कर तिरी जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।