बुधबार, बैशाख १२, २०८१

विहानको संवाद समितिको बैठक पनि त्यतिकै स्थगन

काठमाडौं कात्तिक १७, सहमतिको नाममा विधानसभाको मर्म एवम् निर्देशनको अवज्ञा गर्दै निर्देशित समयसिमा समाप्त भइसक्दा पनि प्रश्नावली सहित असहमति र सहमतिको अलग अलग baburamप्रतिवेदन बुझाउनु पर्नेमा त्यसो नगरी आज बिहानका लागि बोलाईएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा मार्फत छलफल गर्दै अगाडि बढ्ने तयारी जुट्ने बताएका दलहरुले विहानको बैठकमा पनि जम्मा दुई मिनेट मात्र बसेर बैठक स्थगित गरेका छन ।

दलहरुबीच संविधानका विवादित विषय कसरी टुङग्याउने भन्नेमा सहमति नजुट्दा संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले कुनै निर्णय लिन नसक्नुको अलावा दलहरुले प्रदेशको सवालमा प्रर्दशन गरेको आआफ्नै अडानका कारण सहमति बन्न नसकेकमे जानकारी दिदै अझैपनि दलहरुबीच सहमतिको प्रयास जारी रहेको र निरन्तर छलफल हुने बैठकपछि समितिका सभापति डा। बाबुराम भट्टराईले पत्रकारहरु सङग संक्षिप्त कुरा गर्दै जानकारी दिनुभएको छ ।