मङ्लबार, बैशाख ११, २०८१

आजबाट बजेट अधिवेशन समाप्त हुँने

काठमाडौ कात्तिक २३ , गत ज्येष्ठ १६ गते प्रारम्भ भएका व्यवस्थापिका–संसद्को बजेट अधिवेशन आज राति १० बजेबाट समाप्त हुने  भएको छ । अधिवेशनमा जम्मा २० सरकारी विधेयक दर्ता भएकोमा छ विधेयक पारित भएका छन् भने १३ विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको अधिवेशन समापनका अवसरमा सभामुख नेम्वाङले जानकारी गराउनुभएको थियो ।

त्यस्तै अधिवेशनमा असार १५ गते राष्ट्रपति डा यादवले आव २०७१/०७२ को सरकारको नीति तथा कार्यक्रममाथि सम्बोधन गर्नुभएको थियो भने अर्थमन्त्री डा रामशरण महतले जेठ २८ मा आव २०७१/०७२ को बजेट पेस गरेपछि छलफल भई पारित भएको थियो भने संसदीय इतिहासमा पहिलो पटक ‘अदालतको अवहेलनासम्बन्धी विधेयक, २०७१’ लाई जनताको प्रतिक्रियाका लागि पठाउने निर्णय भएको थियो ।