सोमवार, चैत्र १३, २०७९

हिन्दु राष्ट्र घोषणा नगरिएको संविधान स्वीकार नहुने कांग्रेस नेता खड्काको चेतावनी

काठमाडौ कात्तिक २० नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट नेपाल स्थापना महाअभियान Pra._0096 Pra_0108 Pra_0114 Pra_0123घोषणासभालाई सम्बोधन गर्दै बहुसङ्ख्यक हिन्दू भएको मुलुकमा धर्मनिरपेक्षता कायम हुन नसक्ने बताउँनु भएको छ ।

राजधानीको   प्रज्ञाभवनमा आयोजित    उक्त घोषणा सभामा उहाँले हिन्दू राष्टनै विश्वको एक मात्र नेपालको पहिचान भएको भन्दै नेपालको परम्परागत सनातन हिन्दू एवम् बौद्ध जैन, किरात, शिख, प्रकृतिलगायत धर्म तथा विविध जनजातिका परम्परागत स्थानीय मौलिक धर्मसंस्कृतिले नै नेपालका हिमाल, पहाड र तराईका जनतालाई एक सूत्रमा बाँधेर राष्ट र राष्ट्रियता बलियो बनाएको बताउँदै हिन्दु राष्ट्र घोषणा नगरिएको संविधान स्वीकार नहुने चेतावनी दिदै शान्तिपूर्ण रुपमा गरिएको मागलाइ वेवास्ता गरिए मात्र दिएन सारा जनता सडकमा ओर्लिए भने त्यो बेला को कहाँ पुग्छ भन्ने कुरा त्यत्तिबेलै थाहा   हुने  बताउँनु भएको छ।

त्यस्तै उक्त घोषणा सभामा पूर्वसभामुख तारानाथ रानाभाटले नेपालाई धर्मनिरपेक्ष कायम गर्ने माग दोस्रो जनआन्दोलनको नभएको र धर्मनिरपेक्षताको विषय नैतिक तथा राजनीतिक दृष्टिकोणले त्रुटिपूर्ण रहेको बताउनुभएको थिया भने अर्का काँग्रेस नेता एवम कार्यक्रम संयोजक लक्ष्मण घिमिरे तथा नेत्री पुष्पा भुसालले नेपाललाई हिन्दू गणतान्त्रिक राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभएको थियो । थुप्रै काँग्रेसका नेता तथा कायकताका उपस्थिती रहेको उक्त कार्यक्रममा कांग्रेस महासमिति सदस्य लोकेश ढकालले तयार पारेको त्यो घोषणापत्र सभाहलले जस्ताको त्यस्तै पारित गरेको थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31