आइतवार, चैत्र १९, २०७९

सत्ताधारीदलद्दारा संविधान निर्माणमा भएका गतिरोधबारे कूटनीतिज्ञसङग छलफल

काठमाडौ कात्तिक २६, नयाँ संविधानमा राखिने प्रावधानबारे साझा अवधारणा बनाएका सत्ताधारीदल नेपाली काँग्रेस र एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले संविधान निर्माण प्रक्रियामा भइरहेका गतिरोध सम्बन्धमा अमेरिका, युरोपेली युनियनलगायतका कूटनीतिज्ञले केही दिन koirala_20140723092751अघिमात्र समयै संविधान जारी गर्न सुझाव दिएको परिप्रेक्षमा राजधानीस्थित स्थित २६ मुलुकका दूतावास र सहयोग नियोगका प्रमुख तथा प्रतिनिधीहरुलाई एकै स्थानमा विभिन्न विदेशी राष्ट्रका कूटनीतिज्ञसङग आज विशेष छलफल गरेका छन् ।

होटल सोल्टीमा भएको उक्त छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको सवालमा दलीय असहमति एवम् अडानका कारण केहि व्यवधान सिर्जना भएको र उक्त व्यवधानको सम्बोधन गर्दै निर्धारित मितिमानै संविधान जारी गर्न हरसंभव प्रयास भइरहेको बताउँनु भएको छ ।

त्यस्तैछलफलकै क्रममा एमाले अध्यक्ष केपी ओलीलेभने सहमतिको प्रक्रिया जारी रहने तर माघ ८ संविधान जारी गर्नका लागि भने आफूहरुले सबै विधिको प्रयोग गर्ने जानकारी गराएको बुझिएको छ । छलपफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा र विभिन्न राष्ट्रका कूटनीतिज्ञको सहभागिता थियो ।

छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका सम्बन्धमा एमाओवादीले सिर्जना गरेका अवरोधबारे कूटनीतिज्ञहरुलाई जानकारी गराइएको जानकारी दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31