शुक्रबार, चैत्र १७, २०७९

वालअधिकार संरक्षणका लागि सार्वजनिक सुनुवाई

काठमाडौं कार्तिक ३०, काठमाडौं महानगरपालिका १३ वडा बाल संरक्षण तथा सम्बद्र्धन समितिले बाल अधिकारको क्षेत्रमा कार्यरत संस्था सिविसको सहकार्यमा १३ वडा बाल संरक्षण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

 केहि दिन यता सम्पन्न्  उक्त कार्यक्रममा सहभागि वक्ताहरुले वालअधिकार विद्यमान अवस्था , चुनौति तथा सोको समाधानका सम्बन्धमा आ-आफ्ना अभिमत प्रस्तुत गर्नु भएको उल्लेख गर्दै प्राप्त समाचारमा बाल अधिकारकार तथा बालवालिको संरक्षणको लागि प्रारम्भिक सुभारम्भ घर, परिवार तथा अभिभावकबाट नै हुनु पर्ने र १६ वर्ष मुनिका बालबालिका श्रममा लगाउनु हुन्न भनेर जनचेतना जगाउन आ-आफ्न तह र तप्काबाट योगदान गर्नु पर्नमा जोड दिइएको थियो ।

स्थानीय कामपा १३ वडाका रहेका बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थी, सरोकारवाला विभिन्न संघसंस्थाहरुको उपस्थित रहेको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका समाज विकास केन्द्रका प्रतिनिधी यज्ञ बडाल, १३ वडा कार्यालय प्रशासकिय प्रमुख एवम्  १३ वडा बाल संरक्षण तथा सम्वद्र्धन समिति संयोजक निर्मला सुवेदी, सिविनका प्रतिधिले सहभागिहरुको जिज्ञासाको सम्बोधन गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31