मङ्लबार, अशोज १६, २०८०

आतंकवादी हमलाबाट विश्वमा मृत्यु हुनेको संख्या ६१ प्रतिशतले बढेको प्रतिवेदन सार्वजनिक

एजेन्सी मङ्सिर २, सन् २०१२ र १३ मा आंतककारी हमलाका कारण मृत्यु हुनेको संख्या विश्वमै ६१ प्रतिशतले वृद्धि भएको एक अध्ययनले देखाएको 2014_2image_17_00_545915154untitled-1-llछ । विश्वव्यापी आंतकवाद सुचाङ्क प्रतिवेदन २०१४ का अनुसार सन् २०१२ र २०१३ को बीचमा आंतककारी हमलाबाट ज्यान गुमाउनेको संख्या ६१ प्रतिशतले बढेको हो । २०१३ मा मात्र करिब १० हजार आंतककारी हमला भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बढी हो । धेरै जसो हत्याको पछाडी आंतककारी समूह इस्लामिक स्टेट, अल कायदा, तालिवान र बोका हरामको हात रहेको पाइएको छ ।

प्रतिबेदनले इराक आंतकबाट सबैभन्दा बढी प्रभावित भएको देखाएको छ । इराकमा गत वर्ष २४९२ वटा आंतककारी हमला भएको र आक्रमणमा ६३६२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेको कुल संख्या मध्ये ८० प्रतिशत मृत्यु सिरिया, अफगानिस्तान, पाकिस्तान, इराक र नाइजेरिया रहेको पाइएको छ । त्यसपछि भारत, थाइल्याण्ड, सोमालिया, फिलिपिन्स र यमनका नागरिकले पनि आतंककारी आक्रमणबाट ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख गरिएकोे छ । विश्वभरी ६० राष्ट्रका नागरिकले आंतककारी हमलाबाट ज्यान गुमाएको अध्ययनले देखाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31