शनिबार, फाल्गुन १२, २०८०

राजनीतिक समितिको बैठक काँग्रेस र एमालेद्दारा बहिष्कार

“पहिले संविधानसभाको संवाद समितिको बैठक बोलाउन माग”

काठमाडौं कात्तिक २१, एमाओवादीको दबाबका कारण गत असोजमा गठन गरिएको राजनीतिक समितिका संयोजक एवंम एमाओवादी अध्यक्ष baburam_harekpal-624x414प्रचण्डले आज अपरान्ह अपरान्ह ४ बजेका लागि समितिको बैठक काँग्रेस र एमालेले बहिष्कार गरेका छन् । पहिले कांग्रेस, एमालेले संविधानसभाको संवाद समिति बैठक बोलाउन आग्रह गर्दा एमाओवादीले नमानेको आरोप लगाउँदै दुई दलले राजनीतिक समितिको बहिष्कारका गरेकाकारण आज बस्ने भनिएको उच्चस्तरीय समितिको बैठक स्थगित भएको हो ।
विहिवार दुईपटकसम्म बालुवाटार बैठकमा दलहरुवीच सहमति नभएपछि एमाओवादीको प्रस्तावमा संयन्त्र बैठक बोलाइएको थियो । तर, कांग्रेस र एमालेको बहिस्कारका कारण समितिको अर्को बैठकको टुङगो लागेको छैन । समितिको बैठक बस्न नसकेपछि त्यसका संयोजक प्रचण्डले दुईपक्षीय वार्ता सुरु गरेका छन् ।