शनिबार, चैत्र १८, २०७९

बुटवल क्याम्पसद्धारा विद्यार्थीको भविष्यमाथी खेलवाड

काठमाडौं कात्तिक २७,   त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बुटवल वहुमुखी क्याम्पसको लापर्वाहीका कारण परिक्षा फाराम भरेका केही विद्यार्थी परिक्षा दिनबाट बन्चीत भएका छन । क्याम्पसले तोकेकै मितिमा फाराम र परिक्षा शुल्क बुझाएपनि प्रवेश पत्र नआएपछि विद्यार्थीहरु परिक्षा दिनबाट butwalबन्चीत भएका हुन । परिक्षा फारम भरेको र दस्तुर तिरेको रसिद लिएर प्रवेशपत्र लिन जादाँ प्रवेशपत्र नपाएपछि विद्यार्थीहरुले परिक्षा नियन्त्रण कार्यालय बल्खुमा खवर गरेका थिए । परिक्षा नियन्त्रण कार्यालयले बुटवलबाट नै ति विद्यार्थीहरुको फाराम नआएकाले प्रवेशपत्र नवनेको बताएपछि बुटवल क्याम्पसको लापर्वाही सार्वजनिक भएको हो । विएड प्रथम बर्षको अनिवार्य अंग्रेजी विषयको परिक्षाका लागि फाराम भरेकी अमृता भण्डारीले क्याम्पसको हेलचक्रयाईका कारण आफु सहित केही विद्यार्थीहरुले परिक्षा दिनबाट बन्चीत हुनु परेको बताउनु भयो ।

उहाले परिक्षाको फाराम भरेको रसिद देखाएर प्रवेशपत्र माग्दा पनि विद्यार्थीले नै रकम मात्रै बुझाउने तर फारम भने नवुझउने गरेको हुन सक्ने भन्दै क्याम्पस प्रशासनले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको जानकारी दिनुभयो । आफुहरुले फाराम नवुझाएको प्रमाण दिन भने क्याम्पसले नसकेको पनि उहाले बताउनुभयो । बुटवल क्याम्पसका प्रमुख प्रकाशबन्दु रेग्मीले विद्यार्थीको समस्या समाधान गरिदिनुको सट्टा उल्टै विद्यार्थीहरुलाई दोष देखाएर गैरजिम्मेवार व्यवहार गरेको विद्यार्थीहरुको गुनासो छ । उनिहरुले क्याम्पस प्रशासनले यसअघि पनि यस्तै लापर्वाही पटक पटक गर्दै आईरहेको बताएका छन । अहिले क्याम्पसको लापर्वाहीका कारण झण्डै आधा दर्जन विद्यार्थीहरु परिक्षा दिनबाट बन्चीत भएको विद्यार्थीहरुले बताएका छन

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31