शुक्रबार, चैत्र १७, २०७९

प्रमुख तीन दलको बैठकमा नेताहरुवीच चर्काचर्की, बैठक निष्कर्षविहीन

3-dall-ko-logoकाठमाडौ कात्तिक २८, संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन राजनीतिक दलको बैठक आज पनि निष्कर्षविहीन भएको छ । आजको बैठकले विवादित विषयमा सहमति जुटाउने आशा गरिए पनि अपेक्षा दलहरुको विगतमा जस्तै आआफ्नै एक इन्च पनि तसमस नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

आजको बैठकमा काँग्रेस र एमालेले सत्तारुढ दलका तर्फबाट पेस भएको संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरेको मस्यौदामा सहमति जनाउँदै संविधानसभामा पेस गर्न र यदि सहमति बन्दैनन भने उक्त प्रस्तावलाई संविधानसभामा पठाएर छलफल गर्ने वातावरण बनाउँन भन्दै गर्दा एमाओवादीले सहमति नभइकन उक्त प्रस्ताव पेस गर्न नसकिने अडान राखेको थियो ।  त्यस पछि सत्ताधारदिलहरुले एमाओवादीको उक्त अडानप्रति विमति जनाउँदै गर्दा बैठकमा गरमागर्मी भएको थियो । यसरी नेताहरुवीच भएको चर्काचकी पछि संवैधानिक समितिको बैठकमै थप छलफल गर्ने भन्दै तीन दलको बैठक टुङ्गिएको थियो। साथै संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले भने केही समय लिएर सबैको सहमतिमै संविधान जारी गर्दा सबैले अपनत्व महसुस गर्ने भन्दै शीर्ष नेताहरूलाई त्यसका लागि आग्रह गर्नुभएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31