बुधबार, भदौ १, २०७९

प्रथम महिलालाई भक्तपुर दरबार क्षेत्र घुमाइने

काठमाडौ मङसिर ७,  आगामी बुधबार र बिहीबार आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को १८औं शिखर सम्मेलनमा भाग लिन आउने सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकार प्रमुखका प्रथम महिलालाई भक्तपुर दरबार क्षेत्र घुमाइने भएको छ ।

sarkसार्कका विशिष्ट पाहुना प्रथम महिलालाई बिहीबार बिहान ऐतिहासिक एवम् पुरातात्विक महत्वको भक्तपुर दरबार क्षेत्र र आसपासका दर्शनीयस्थलको अवलोकन गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेलको रेखदेखमा उहाँहरूलाई भक्तपुर दरबार क्षेत्रको अवलोकन गराइनाका साथै भक्तपुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने हस्तकला प्रदर्शनीमा सहभागी गराइने छ । तौमडी मन्दिर र वरपरको दृश्यावलोकनसँगै सोही स्थानमा संक्ष्प्ति साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।

सार्क सम्मेलन आयोजक राष्ट्रका सरकार प्रमुख सुशील कोइरालाका तर्फबाट प्रथम महिलाको भूमिका निर्वाह गर्ने सभासद् सुजाता कोइरालाले प्रथम महिलालाई भक्तपुर दरबार क्षेत्रमा स्वागत गर्नुहुनेछ । सोही स्थानमा उहाँहरूलाई भक्तपुर जिल्लाका सभासद्, प्रजिअ, स्थानीय विकास अधिकारी, भक्तपुर जिविस र भक्तपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले स्वागत गर्ने कार्यक्रम छ । सार्क देशका तीन राष्ट्राध्यक्ष र चार सरकार प्रमुखका साथ प्रथम महिलाहरु मङ्गलबार राजधानी आइपुग्ने कार्यक्रम छ । rssnepal.com

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31