आइतवार, चैत्र १९, २०७९

प्रजातन्त्र सेनानी कङगाललाई ५० हजार सहयोग

काठमाडौ कात्तिक १८, नेपाल विद्यार्थी संघका विभिन्न क्याम्पस ईकाईहरुल देउसी भैलो खेली संकलन गरेको रकम प्रजातन्त्र सेनानी शिव कङगाललाई आज हस्तान्तरण गरिएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा शिव कंगालका छोराको अध्ययनमा सहयोग पु-याउन ५० हजार रुपैया नेविसंघको आसन्न महाधिवेशनका अध्यक्ष पदका प्रत्याशी एवं निवर्तमान कोषाध्यक्ष कुन्दनराज काफ्लेले कंगाल र उनका छोरालाई हस्तान्तरण गर्नुभयो । भक्तपुरस्थित कंगालको निवासमै पुगेर नेविसंघका नेताहरुले सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै नेविसंघका नेता कुन्दनराज काफ्लेले प्रजातान्त्रिक आन्दोलनका योद्धाको छोराले आर्थिक अभावका कारण अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर देउसी भैलोबाट उठेको रकम सहयोग गरिएको बताउनुभयो । उहाँले विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्न सक्नु नै नेविसंघको मूख्य जिम्मेवारी भएको बताउँदै आगामी दिनमा अरुलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सहयोग ग्रहण गर्दै प्रजातन्त्र सेनानी शिव कंगालले आफूजस्तै अरु पनि गरिबका छोराछोरीले पढ्न पाउने वातावरण बनेमा खुसी हुने बताउनुभयो । कंगालका छोराले पैसा नभएकै कारण अध्ययन गर्न चाहेको बिएस्सी सिएसआइटी विषयमा भर्ना हुन नसकेको समयमा नेविसंघले गरेको सहयोगले आफ्नो पढ्ने चाहना पुरा भएको बताउनुभयो ।

उपत्यकामा रहेका विभिन्न आठ क्याम्पसका नेविसंघका विद्यार्थीहरुले गत तिहारमा देउसी खेलेर संकलन गरेको रकम कंगाललाई सहयोग गरिएको हो । उपत्यकाका ग्रामीण आदर्श,त्रिचन्द्र,मनोहर,एनआर,थापाथली,शिक्षा,ललितकला,कोटेश्वर क्याम्पसका तर्फबाट सो रकम संकलन गरिएको हो ।
कार्यक्रममा विद्यार्थी नेताहरु गणेश भट्ट,बलदेव तिमिल्सिना,रामप्रसाद अधिकारी,गणेश सापकोटा, ईन्दु शर्मा,वीरेन्द्र सल्यानी, माधव ढकाल, नवराज त्रिपाठी तथा आयोजक क्याम्पसका ईकाई अध्यक्षहरु सुशील भट्ट, निरञ्जन थापा, परोपकार अधिकारी, उमेश थापा मगर, लब्ली बस्नेत, बबिन बस्नेत, नारायण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31