बिहिबार, अशोज ४, २०८०

पाँचदशक पछि मुलुकको मुलुकी ऐन’ परिमार्जनका लागि संसदमा पाँच विधेयक प्रस्तुत

काठमाडौ कात्तिक १७, तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले मुलुकी ऐनलाई विसं १९१० मा सर्वसाधारण जनताका लागि जारी भइ विसं २०२० मा पहिलोपटक र त्यसपछिका कालखण्डमा ०४६ अगाडी नै नौ पटक संशोधन भएको यो ऐन २०४६ सालको जन आन्दोलन पश्चात २०४७ सालमा जारी भएको संबिधानको भावना अनुरुप कानूनी ब्यबस्था मिलाउन २ पटक र २०६३ को अन्तरिम संबिधान अनुकुल कानून र न्यायलाई परिष्कृत बनाउन एक पटक गरी हालसम्म १२ ‌औ पटक संशोधन संशोधन गरिएको नेपालको मुलुकी ऐन जारी भएको   पाँचदशक पछि संशोधन हुने भएको छ ।

व्यवस्थापिका संसद्को आजको बैठकमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले संशोधनार्थ पाँचवटा क्रमस देवानी संहिता २०७१, देवानी कार्यविधि संहिता २०७१, अपराध संहिता २०७१, फौजदारी कार्यविधि संहिता २०७१ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७१ प्रस्तावित विधेयकको प्रारुपमा आज प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै सरकारले देवानी संहिता, देवानी कार्यविधि संहिता, अपराध संहिता, फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक तयार पारेको जनाएको छ ।
व्यवस्थापिका–संसद्को कात्तिक १८ गते बस्ने बैठकले सम्बन्धमा थप निर्णय गर्ने संसद सचिवालयले जनाएको छ ।