सोमवार, चैत्र ६, २०७९

पत्रकार महासङ्घ पर्सा शाखाको भवन शिलान्यास

संविधान निर्माणको बहानामा संविधान निर्माणकैै आयू बढाउने प्रयास गरिए त्यो आफूहरूलाई अस्वीकार्य : महासङ्घ केन्द्रीय  अध्यक्ष विष्ट

वीरगन्ज कात्तिक ३०, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको भवन बन्ने भएको छ । पत्रकार महासङ्घ पर्सा शाखाको भवन बनाउँनका लागि fng logo 1समाजसेवी ज्योतिलालप्रसाद कलवारले वीरगन्ज उपमहानगरपालिकाको वडा नं १५ स्थित नेसनल ट्रेडिङ्को कार्यालय पछाडि रहको जग्गा उपलब्ध गराए पछि महासङ्घ पर्सा शाखाको भवन बन्ने भएको हो ।

महासङ्घको भवन निर्माणका लागि प्राप्त जग्गामा आज महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट र जग्गादाता ज्योतिलालप्रसाद कलवारले संयुक्त रूपमा भवनको शिलान्यास गरिएको छ ।

त्यस्तै भवन शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान समयमा नै जारी गर्नका लागि सञ्चारकर्मीहरूको पनि भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरूले समयमा नै संविधान जारी गर्नका लागि दबाब दिनुपर्ने र पत्रकार महासङ्घले दबाबको कार्यक्रम पनि सुरु गरिसकेको जानकारी दिदै संविधान निर्माणको बहानामा अब संविधान निर्माणकैै आयू बढाउने प्रयास गरिए त्यो आफूहरूलाई स्वीकार्य नहुने बताउनुभएको प्राप्त समचारमा उल्लख गरिएको छ ।

त्यसैगरी कार्यक्रमलाइ कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतल महतो शाखा अध्यक्ष श्याम बञ्जरा, सभासद्हरू अनिल रुंगटा, जयप्रकाश थारु, सुरेन्द्र चौधरी, बिचारी यादव, लालबाबु राउत गद्दीलगायतले बोल्नुभएको थियो भने कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिमराज दवाडी, नेकपा (एमाले)का अध्यक्ष चिरञ्जीवी आचार्य, शाखाका पूर्वअध्यक्ष दीपेन्द्र चौहान, केसी लामिछानेलगायतले बोल्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31