काठमाडौ मङ्सिर ४, नेपालको कृषिमा अहिले यत्र तत्र सर्वत्र प्राङ्गारिक मल प्रयोग गरी जैविक खेतीको उत्पादन गर्न थालिएको छ । फलस्वरुप
‘कुरामा प्राङ्गारिक उत्पादन प्राङ्गारिक ’को लहर जताततै देखिन थालेको छ ।
यसै क्रममा जापानमा चार दशक बसाइको क्रममा हाँसिल गरको अनुभवलाई क्यापिटल इन्भेस्टमेन्ट लिमिटेडका प्रमुख समेत रहेका देवमान हिराचनले आफ्नो मातृमूभिमा प्रयोग गर्ने लक्ष्य अनुरुप जापामा बनेको करोडौं मूल्य पर्ने उक्त अत्याधुनिक ‘भेक्टर’ मेसिन नेपाल भित्राएका छन् ।
क्यापिटल इन्भेस्टमेन्ट लिमिटेड अर्थात (जिसिआइ) ले काठमाडौँको रामकोट गाविसमा २२ रोपनी जग्गामा विगत कहि समय यतादेखि सुरु गरेको जैविक खेतीमा उक्त मेसिनबाट तयार पारेको कम्पोष्ट मलको प्रयोग गर्न थालिएको छ । प्रस्तुत ‘भेक्टर’ मेसिनको विशषता भनेको आवश्यक तापक्रमको मापन सहित मलमा भएका अनावश्यक किटाणु नष्ट गर्दै जैविक खेतीको उत्पादनलाई गुणस्तरिय बनाउँनु हो जुन जैविक खेतीका लागि वरदान नै सावित भएको हिराचनले बताउनु भएको छ ।
त्यस्तै उक्त मेसिनले साधारण मलमा बाहिर गोबर पाकेको देखिएपनि भित्र अझै पाकेको नहुने, माटोलाई आवश्यक पर्ने तत्व पूर्ति नहुने भएकाले त्यसले उत्पादन राम्रो दिन नसक्ने तर भेक्टरले आवश्यक तत्वलाई नमासिकनै २४ घण्टामा मल तयार गर्ने गरको बतउँनु भएको छ । साथै जैविक फार्ममा जैविक मल तयार पार्न (जिसिआइ) ले पुरातन जैविक मल बनाउँने प्रवृतिलाइ विस्थापित गर्दै गोबर तोरीको पिना, काठको धुलो, सख्खर, आइपी लिक्विड, हड्डीको धुलो, खरानी र लेस कुखुराको सुलीको प्रयोग गर्दै आएको जानकारी दिनु भएको छ । हिराचनको रामकोटस्थित सो जैविक फार्ममा गोलभेँडा, काउली, ब्रोकाउली, बन्दा, कुरिलो, खुर्सानीजस्ता तरकारीको खेती गरिदैं छ ।
ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट लिमिटेड (जिसिआइ) ले सुरु गरेको उक्त जैविक खेती र किसानहरुलाई दिन खोजेको अग्र्यानिक अथवा जैविक खेती बारे सन्देशको प्रयास सकारात्मक रहेको भन्न सकिन्छ । जापानको लगभग चार दशकसम्मको अनुभवलाई आत्सात गर्दै जापानीज शैलीमा जुन ‘अग्र्यानिक कृषि टूरिजम’ उहाँले शुरु गर्नु भएकोछ त्यसमा केही कमी कमजोरी देखिएता पनि नेपाल र नेपाली किसानकाका लागि जैविक खेती प्रति आकर्षित गर्न (जिसिआइ) ले सुरु गरेको यो प्रविधी आफैमा परिणाममुखी भएको सहजै बोध गन सकिन्छ ।