काठमाडौं मङसिर ५, मङसिर १० देखी ११ गतेसम्म हुन गईरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनका लागि निजी सञ्चारमाध्यमका फोटो पत्रकार, टेलिभिजनका क्यामरापर्सनहरुलाई मुख्य आयोजना स्थल राष्ट्रिय सभागृहमा प्रवेशको व्यवस्था गर्न नेपाल पत्रकार महासङघले सरकारसङग माग गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा हुन गइरहेको शिखर सम्मेलनको अवसरमा हुने उद्घाटन, राष्ट्रप्रमुख एवम सरकार प्रमुखको सम्वोधन लगायतका कार्यक्रममा स्वतन्त्र प्रेसको सम्मान गर्दै समाचार संकलन, तस्बिर संकलन र छायाङकनका लागि सहज व्यवस्था मिलाउन भन्दै महाङंघले यस्तो आग्रह गरेका हो ।
स्वतन्त्र प्रेसलाइ प्रवेश गराउनुपर्ने विषयमा यसअघि नै नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टसहित पदाधिकारीहरुले सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा। महेन्द्रबहादुर पाण्डेको ध्यानाकर्षण गराइसकेको महासङघद्दारा आज जारी प्रेस विज्ञप्तिमा उल्लख गरिएको छ ।