काठमाडौ कात्तिक २४, जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् लौह पुरुष स्व गणेशमान सिंह जन्मशताब्दीका अवसरमा गणेशमान सिंहको अध्ययन प्रतिष्ठानले आज आज राजधानीमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको औपचारिक सत्रमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, काँग्रेस उपसभापति रामचन्द्र पौडेल, काँग्रेस महामन्त्री एवम नेपाल सरकारका उप प्रधानमन्त्री प्रकाशमान सिहं, सञ्चारमन्त्री तग नेपाल सरकारका प्रवक्ता डा मिलेन्द्र रिजाल, नेकपा एमालेका उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेललगायतका नेताहरुको अलावा जगदिश्वरनरसिह केसी लगायतका बहुसख्यक सभासदहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको औपचारिकसत्रमा उपस्थित नेताहरुबाट सत्तारुढदलका नेताहरुबाट आसन्न् माघ८ गते जारी हुने संविधानको विवादि सवालमा प्रस्तुत साझाा अवधारणा लगायतका महत्वपूर्ण प्रसङगमा विशेष सम्बोधन हुनेअपेक्षा गरेपनि अभिव्यक्तिका सर्वोच्च कमाण्डर एवम् लौह पुरुष स्व गणेशमान सिंहको तस्विरमा माल्याअर्पण बाहेकका कुनै अभिव्यक्तिका कार्यक्रम भएनन ।