बिहिबार, चैत्र ९, २०७९

गढीमाई मेला आजदेखि सुरु 

११ गते पञ्चबली दिएर बली चढाउन सुरु  गरिने

विरगञ्ज मङसिर १, बाराको गढीमाई मेला आजदेखि शुरु भएको छ । बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा हरेक बर्ष यो मेला लाग्ने गरेको b572d2cb7f4779f848e325d5ce5f56f6_Lछ । पशुबलीकै कारण विश्वप्रसिद्ध यो मेलामा सहभागी हुन देश तथा विदेशबाट भक्तजनहरु बारा पुग्न थालेका छन् । मेला एक महिनासम्म चल्दछ । मेलाका लागि बरियारपुरको मन्दिर आसपासका खेतमा तिर्थालुहरु बस्न टहरा बनाइएका छन् ।

हजारौं पशुको बली दिइने यो मेलामा पशुबली रोक्न पशु अधिकारकर्मीहरु र विभिन्न क्षेत्रबाट आवाज उठेपनि रोकिएको छैन । यस बर्ष पनि बलि प्रथा भने जारी रहने समितिले जनाएको छ ।

आजदेखि शुरु यो मेलामा मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन शुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ । स्थानीय प्रशासनले मेला अवधिभर बरियापुरमा मदिरा र मासु बिक्रि तथा प्रयोगमा निषेध गरेको छ ।