कलैया मङसिर ११, बाराको बपरीयापुरस्थित विश्व प्रसिद्ध गढीमाईमामा शुक्ल पक्ष बिहानदेखि अर्थात भोलि बिहानदेखि पूजा अर्चना सहित बलीपूजा
सुरु हुने भएको छ ।
प्राप्त समाचारमा उल्ल्खे भएअनुसार गढीमाई मन्दिरदेखि करिब १०० मिटर पूर्व रहेको ब्रह्मस्थानमा माई आउने भएकाले पुजारीको घरबाट माईको पूजा सामग्री पञ्चबलीसहित ब्रह्मस्थलमा आई पहिलो पूजा मन्दिरका पूजारीले लक्ष्मण चौधरीले गढीमाईको पूजाअर्चना गरी माईलाई खिर भोजन गराउने र त्यसपछि झाँक्रीले आफ्नो शरीरको पाँच ठाउँबाट थोपा रगत माईलाई चढाएपछि सर्वसाधारणले पनि सहितके पूजा गर्ने प्रचलन रहेको उल्लेखरहेको छ ।