बुधबार, चैत्र १५, २०७९

एमाले अध्यक्ष ओलीले भने माघ ८ भित्रै संविधान जारी गर्न प्रतिबद्ध छु

काठमाडौं मङसिर १२, नेपाल पत्रकार महासङ्घले ‘नेपाली जनतासँग गरेको वाचा नतोडी आगामी माघ ८ भित्रै संविधान निर्माण’ गरै भन्ने मूल kp-sharma-oli-264x300मर्मसहित जारी राखेको संविधान निर्माणको सकारात्मक दवाव अभियान अन्तर्ग�� आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसङग fng logo 1साक्षात्कार गरिएको छ ।

साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आगामी माघ ८ भित्रै संविधान जारी गर्न प्रतिबद्ध रहेको तर सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायालयको विषयमा केही विवाद रहेको बताउँदै सङ्घीयतामा सहमति नभए सङ्घीय आयोगलाई जिम्मा दिएर भए पनि समयमै संविधान जारी गर्नुपर्ने पक्षमा आफुहरु लागि परेको बताउँनु भएको छ ।  त्यस्तै अध्यक्ष ओलीले सकेसम्म सहमतिमै संविधान जारी गर्न चाहेको बताउँदै उहाँले सहमतिमा आउन विपक्षीलाई आह्वान गर्नुभएको महासङ्घले जनाएको छ ।

सो अवसरमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले दलहरुले निर्वाचनका समयमा गरेको वाचा र संविधानसभाको पहिलो बैठकले गरेको निर्णयबमोजिम शान्ति प्रक्रियाको पूर्णता र परिवर्तनको कार्यसूचीलाई संस्थागत गर्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिसहित सममयै लोकतान्त्रिक संविधान जारी  गर्नुपर्नेमा जोड दिनुभएको  महासङ्घले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31