शनिबार, जेष्ठ २७, २०८०

आजबाट राजधानीमा सार्क हस्तकला प्रदर्शनी तथा व्यापार मेला सुरु

काठमाडौ मङ्सिर ४, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला व्यापार मेला आजबाट हाम्रो हस्तकला, हाम्रो गौरव भन्ने नाराका साथ राजधानीको  भृकुटीमण्डपमा सुरु भएको छ ।  नेपाल हस्तकला महासङ्घका अयोजनामा आयोजित उक्त IMG_8916sjh_roadphotography_saarc handicraft_2071 IMG_8928sjh_roadphotography_saarc handicraft_2071IMG_8881sjh_roadphotography_saarc handicraft_2071हस्तकला व्यापार मेलाको आज एक कार्यक्रमकावीच उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्नु भएको हो । मेलाको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै मन्त्री बस्नेतले हस्तकला व्यवसायले देशकोे आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याएको उल्लेख गर्दै प्रस्तुत व्यवसायको प्रवद्धनका लागि राज्यको तर्फबाट हरसंभव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधार र हस्तकला महासङ्घका अध्यक्ष हेमरत्न शाक्यल गायतका वक्ताले हस्तकला व्यवसायको औचित्य र प्रवद्धनकालागि आवश्यक निति तय गरिनु पर्नेमा जोड दिनु भएको थियो ।  पाँच दिनसम्म चल्ने उक्त मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेशा र बाँसका सामानका २ सय १० वटा स्टल छन् । मेलामा मेलास्थलमै हस्तकलाका सामान बनाउने र उत्कृष्ट सामान बनाउनेलाई पुरस्कृत गर्ने कार्यक्रम रहेकोहस्तकला महासङ्घले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31