मङ्लबार, अशोज १६, २०८०

अफगानी संसदद्वारा मुलुकमा विदेशी सेना कायम रहने प्रस्तावमा समर्थन

एजेन्सी मङसिर ११, अफगानिस्तानमा विद्रोहका कारण बढ्दो सुरक्षा चिन्ताबीच अमेरिकी तथा नेटोका १२ हजार ५०० सैनिक आउँदो वर्ष पनि मुलुकमा कायमै रहने विषयका सम्झौतामा संसदको माथिल्लो सभाले बिहीबार समर्थन जनाएको छ । संसदको तल्लो सभाले आइतबार अमेरिकासँग afghanistan-mapदुईपक्षीय सुरक्षा सम्झौता तथा नेटोसँग यस्तै प्रकारको अर्को सम्झौतामा समर्थन जनाइ माथिल्लो सभामा पठाएको थियो ।

पूर्व राष्ट्रपति हमिद करजईको समयमा यी दस्तावेज अफगान सरकार तथा उसका सहयोगी मुलुकबीच ठूलो विवादको विषय बनेका थिए । सेप्टेम्बर महिनामा शासनमा पुग्नुभएका राष्ट्रपति अस्रफ घानीले आफू शासनमा आएकै दिनमा लामो समयसम्म प्रतिक्षा गरिएका ती सम्झौतामा हस्ताक्षर गरी उक्त सम्बन्धलाई पुनः स्थापना गर्नुभएको थियो ।

माथिल्लो सभाका एक सदस्य बेलगिस रोशनले आफूहरूले यी दुवै दस्तावेजलाई समर्थन गरेको बताउनुभयो । संसदको सञ्चार अधिकृत कादामुदिन नेक्पाले सात सांसदले उक्त सम्झौताको विपक्षमा मतदान गरेको बताउनुभयो । अमेरिकी नेतृत्वमा नेटोको युद्धअभियान यसै वर्षको अन्त्यमा सम्पन्न हुनेछ । अर्कोतिर तालिवानले हालका दिनमा अनेकौँ आक्रमण तथा आत्मघाती कारबाही गरेका छन् । यी आक्रमणले अफगानिस्तानका सैनिक तथा प्रहरीको क्षमता परीक्षण गरेको छ ।  बिहीबार एक आत्मघाती बम आक्रमणकारीले आफ्नो विस्फोटक पदार्थले भरिएको गाडी काबुलमा बेलायती दूतावासको गाडीमा ठोकाएका थिए र त्यसका कारण एक बेलायती नागरिक तथा कम्तीमा पाँच अफगान नागरिकको मृत्यु भएको थियो । यस घटनामा पाँच बालबालिकाका साथमा ३० व्यक्ति घाइते भएको जानकारी अधिकारीहरूले दिएका छन् । एएफपी

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31