आइतवार, चैत्र १९, २०७९

मुलुकमा सनातन हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि महाअभियान समितिको घोषणा

धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र पुनस्र्थापना पछि मात्रै

अभियानले विश्राम लिने समितिका संयोजक एवम काँग्रेसका नेता खुमबहादुर खडकाको उद्घघोष

काठमाडौ कात्तिक १४, मुलुकमा धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि नेपाली काँग्रेसका नेता खुमबहादुर खडकाको नेतृत्वमा आज Khuhme-bd-khadka-e1412871855821महाअभियान समितिको घोषणा गरिएको छ।
राजधानीमा आज एक कार्यक्रमकावीच घोषणा गरिएको उक्त समितिमा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, चिरञ्जीवी वाग्ले, कुमार रेग्मीलगायतका काँग्रेसका केन्‍द्रीय नेता तथा पूर्वमन्‍त्री रहेका छन्।
त्यस्तै महाअभियान घोषणासभालाइ सम्बोधन गर्दै नेता खड्काले अभियानलाई शसक्त रुपमा अघि बढाउँदै मुलुकमा धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र पुनस्र्थापना पछि मात्रै अभियानले विश्राम लिने बताउँनु भएको छ ।
महाअभियानका समितिको सहसंयोजक लक्ष्मणप्रसाद घिमिरे र सदस्य सचिव कुमार रेग्मी र सदस्‍यहरुमा मा शिवराज जोशी, दुर्योधनसिंह चौधरी, चन्द्र केसी, रविन्द्रलाल श्रेष्ठ, सुवर्ण ज्वारचन,खेमराज सेढाइ, देवप्रकाश त्रिपाठी, लोकेश ढकाल, कृष्ण लामा, देवीप्रसाद न्यौपाने, पुष्पा भूसाल, रामजीवन सिंह, मिठाराम विश्वकर्मा, सियाराम यादव, रमेशजंग रायमाझी, मानबहादुर रावल, नारायण कोइराला, देवेन्द्रराज कँंडेल, भोला थापा मगर र देवेन्द्र पौडेललगायतका रहेका छन्

त्यस्तै अभियानको लागि आवश्यक कार्ययोजना र रणनीतिबारे छलफल गर्न आगमाी कात्तिक कात्तिक २० गते विशेष भेला वोलाइएको जानकारी दिदै आसन्न भेलामा सहकार्यक लागि काँग्रेसका शीर्ष नेताहरु सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई विशेष अपिल गर्ने निर्णयभएको समितिका सदस्य सचिव कुमार रेग्मीलाइ उदत गदै प्राप्त समाचरमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930