बुधबार, बैशाख १२, २०८१

संवाद तथा सहमति समिति एवम् तीन दलका शीर्ष नेताहरुको आजको बैठक निष्कर्षविहीन

नेताहरुले भने सहमतिको संभावना सकियो

काठमाडौ कात्तिक १४, संविधानसभाले विवादित विषयमा आगामी कात्तिक १५ गते सम्ममा सहमति बनाउँन तेस्रो पटक सवैधानिक राजनीतिक संवाद तथा सहमति 3-dall-ko-logoसमितिको आजको बैठकमा दिएको समयसिमा ढल्किदै जाँदा पनि प्रमुख तीन राजनीतिक दलको आआफ्नै अडानका कारण कुनै सहमति बन्न सकेनन ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा संविधानको प्रमुख विवादित विषयमा छलफल भए पनि कुनै दलीय अडानका कारण त्यस्तो कुनै पनि सहमति बन्न नसकेको हो । बैठकमा शीर्ष नेतृत्वमा नै छलफल गर्नुपर्ने भन्दै सभासद्ले माग गरेपछि बैठकमा कुनै पनि विषयमा ठोस छलफल नभएको जनकारी दिदै समितिका सभापति डा बाबुराम भट्टराईले दलगत अडानका कारण कुनै निष्कर्ष निस्कन नसकेको बताउँदै विवादित विषयमा शीर्ष नेतृत्व तहमा नै सहमति गरेर शनिबार पुनः बैठक बस्ने निणय भएको जानकारी दिनु भएको छ।

यसैवीच संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै बसेको तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठक बैठक पनि निष्कर्षविहीन बनेको छ । बैठकमा एमाओवादी आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन बनेको हो । यसरी पटक पटक तीनदलको बैठक निष्कर्षविहीन बन्दै गएको अवस्थमा कांग्रेस–एमालेका नेताहरुले भने अब एमाओवादीसँग सहमतिको सम्भावना लगभग सकिएको भन्दै अब संविधानसभाबाटै निर्णय गर्ने बताएका छन् ।