सोमवार, चैत्र ६, २०७९

सञ्चारिका समता पुरस्कार वसन्त र उमासिंह पत्रकारिता पुरस्कार पत्रकार प्रतिभालाई

काठमाडौ कात्तिक १४, सञ्चारिका समूह नेपालले २०७० सालको रु १५ हजार राशिको सञ्चारिका समानता पुरस्कार ‘नागरिक दैनिक’मा प्रकाशित ‘फैलाउँदै आधा आकाश’

SAS-logo-newआलेखका लागि पत्रकार वसन्त बस्नेतलाई दिने निर्णय गरेको छ । यसैगरी २०६६ सालमा स्थापित रु सात हजार एक सय एघार राशिको उमासिंह पत्रकारिता पुरस्कार २०७०’ धनुषाबाट पत्रकारिता गर्दै आउनुभएकी प्रतिभा झा लाई प्रदान गर्न भएको छ भने २०६२ सालमा स्थापना गरिएको सञ्चारिका प्रोत्साहन पुरस्कार ‘गोरखापत्र’ दैनिकका फोटो पत्रकार कविता थापा र ‘सगरमाथा टेलिभिजन’का पत्रकार दिलिपाश्री अधिकारीलाई दिने निर्णय गरिएकोे छ । सबै पुरस्कार यही कात्तिक १७ गते समूहको काठमाडौँमा हुने १८ औँ वार्षिकोत्सवको प्रदान गरिने समूहले जनाएको छ ।

पुरस्कार सम्बन्धी निर्णय नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, पत्रकार ध्रुवहरि अधिकारी र सञ्चारिका समूहका कोषाध्यक्ष विमला तुम्खेवा रहनुभएको पुरस्कार छनोट समितिले गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930