काठमाडौ कात्तिक १४, व्यवस्थापिका–संसद्, अर्थ समिति ले सार्वजनिक खरिदमा देखिएका समस्या समाधान गर्न विहिवार सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ४८बुँदे सुझाव दिएको छ ।
समितिले लागत अनुमान तयारी, बोलपत्र आह्वान, खरिद सम्झौता, मूल्य समायोजन, भुक्तानी, परामर्शदाता, निर्माणको गुणस्तर, अनुगमन एवम् मूल्याङ्कनलगायत समस्या समाधानका निम्ति बुँदागत रुपमा लिखित सुझाव दिएको हो । त्यस्तै बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार गरेको सार्वजनिक खरिद ऐनको प्रस्तावित ऐनको मस्यौदामा पनि छलफल गरेको प्राप्त समाचरमा जनाइएको छ ।