बिहिबार, बैशाख ६, २०८१

हुलाक टिकटमा मनकामना मन्दिर र केवलकार

kebulkar काठमाडौ कात्तिक १३,मनकामना मन्दिर तथा मनकामना केवुलकारको तस्विर अङकित हुलाक टिकट आजबाट सार्वजनिक भएको छ । हुलाक सेवा विभाग र मनकामना केवुलकार कम्पनीद्दारा आज राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री मिनेन्द्र रिजालले उक्त टिकटमा प्रथम दिवसीय टाँचा लगाउँनु भएको हो ।  कार्यक्रममा सञ्चारमन्त्री डा रिजालले टिकटमा टाँचा लगाउँदै विभिन्न कठिनाइ भए पनि निजी क्षेत्रले गर्न चाहेमा हुन्छ भन्ने दरिलो उदाहरण मनकामना केवुलकारले दिएको बताउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा हुलाक विभागका महानिर्देशक बाबुराम पाण्ड्य नेपाल फीलाटोलीक सोसाईटीका अध्यक्ष डा।रमेश कुमार श्रेष्ठ लगायतका वक्ताहरुले प्रस्तुत टिकटको महत्व माथि प्रकास पार्नु भएको थियो।