शनिबार, बैशाख ८, २०८१

नेविसङघले अधिवेशन गराउन प्रतिनिधि खटायो

काठमाडौ कात्तिक १३, नेपाली काँग्रेसका भातसङगठन नेपाल विद्यार्थी सङ्घले पटक–पटक स्थगित हुँदै आएको सङगठनको महाधिवेशनका लागि पछिल्लोपटक तय bay bi song flagगरिएको मिति अर्थात कात्तिक ३० देखि मङ्सिर १ र २ मा सम्पन्न गर्न बाँकी रहेको ११ वटा जिल्ला र सात क्याम्पसको अधिवेशनका लागि प्रतिनिधि खटाएको छ ।
सङ्घका प्रवक्ता युपि लामिछानेले भक्तपुर,कास्की पर्सालगायतका ११ जिल्ला र विश्वविद्यालय क्याम्पस कीर्तिपुरसहितका सातवटा क्याम्पसको अधिवेशन आगामी कात्तिक १८ गतेभित्रमा सम्पन्न गर्ने गरी प्रतिनिधि खटाइएको जानकारी दिएका छन ।