शुक्रबार, चैत्र १६, २०८०

चिकित्सकहरुले गर्ने बदमासी, नैतिकहीन कार्यको निगरानी र नियन्त्रण गर्ने निकाय कुन हो ?

rajan karkai पत्थरीको अपरेशन गर्न गएका बिरामीको मृगौला झिकेको आरोप पनि डाक्टरमाथि लागेका छन्, धरानको वीपी अस्पतालमा सिमान्तकृत जातिकी सुत्केरी हुन आएकी महिलालाई भर्ना नलिएर उनको ज्यान गएका घटना पनि सार्वजनिक भइसकेका छन् ।

– राजन कार्की

जनस्वास्थ्यसङग खेलवाड गर्नेमाथि विश्वका कुनै पनि मुलुकमा सह्य विषय हुने गर्दैन । नेपालमा पटक पटक जनस्वास्थ्यमाथि अस्पताल र चिकित्साकर्मीबाट गल्ती भइरहन्छ, तैपनि त्यस्ता गम्भीर हर्कतलाई राज्यले दण्डित गर्न सकेको छैन । राजनीतिक संक्रमणकाल भन्दैमा जनस्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार स्वास्थ्यकर्मीले पाइरहन्छन् भने त्यस्तो राज्यलाई असफल राज्य मान्नुपर्छ ।
भ्रष्टाचारलाई अख्तियार, सतर्कता केन्द्रले निगरानी र नियन्त्रण गर्छ । चिकित्सकहरुले गर्ने बदमासी, नैतिकहीनता र समष्ठि चिकित्सक पेशामाथि नै बदनाम गराउने कार्यको निगरानी र नियन्त्रण गर्ने निकाय कुन हो रु स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल कि चिकित्सक संघ? प्रत्येक दिन, महिना, वर्षमा कही न कही डाक्टरका लापरवाही, डाक्टरका नैतिकहीनता र डाक्टरी भ्रष्टाचार काण्ड भइरहेका हुन्छन्, आजसम्म एकजना डाक्टरलाई पनि दण्डित गरेको उदाहरण देखिदैन । के डाक्टर मेडिकल काउन्सिलले डामेर छाडेका सा“ढे हुन् रु कि डाक्टर ‘पञ्चखत माफी’ पाएका समाजको लोकलज्जा नभएका प्राणी रु डाक्टर समाजकै अङ्ग हुन् भने तिनले डाक्टरी प्रमाणपत्र लिदा आफैले सही गरेर स्वीकार गरेका नैतिक धरातललाई आफैले छिया छिया, छतातुल्ल पार्न मिल्छ कि मिल्दैन ?  यो प्रश्न सही मार्गमा हिडेका चिकित्सकहरुलाई पनि हो किनभने तिनले पथभ्रष्ट भएका डाक्टर र सेवाभन्दा ‘तिल्के मारवाडी व्यवसाय’ बनाएकाहरुलाई सावधान गराएको पनि देखिएको छैन । पेशागत मर्यादा लाघेकाहरुलाई मर्यादामा बस्नुपर्छ भनेर कसैले त सम्झाइदिनुपर्छ नि । डाक्टरी पेशा पनि निष्ठा र नीतिहीन राजनीतिजस्तो बाइफाले भइसकेकै हो त रु
एउटा व्यक्ति जब डाक्टर बन्छ, उसले ‘मानवीय सेवाका लागि जीवन अर्पण गर्छु, विरामीको स्वास्थ्य मेरो पहिलो प्राथमिकता हुनेछ, डाक्टरले पालना गर्नुपर्ने व्यवसायिक र पेशागत इमान्दारितालाई पूर्ण रुपमा पालना गर्नेछु’लगायतका सपथ खाएका हुन्छन् । यसरी सपथ खाएका डाक्टरहरु त्यो सपथको नैतिक धरातलमा बस्न सकेका छैनन् । कतिपय घटनाक्रममा जनताले डाक्टरलाई ज्यानमाराको आरोप लगाएको पनि सुनिन्छ । कतिपय घटनामा छानबिन आयोग बन्छन्, क्षतिपूर्तिका लेनदेनमा घटनालाई छोपिन्छन्, आखिर यी सब के हुन् रु ‘मानवीय त्रुटी’ हुन्छन्, त्यस्ता त्रुटी जानाजान हुन्छन् कि डाक्टरको इमान्दार प्रयासमा पनि प्रश्न उठ्ने गरेका हुन् रु यथार्थ सार्वजनिक हुने गरेका छैनन् ।
झण्डै झण्डै डाक्टरी पेशा प्रहरीको जस्तो हुन थालेको छ । प्रहरीले व्यक्तिलाई पक्राउ गरेर थुन्छ र थुनामै उसको मृत्यु हुदा (कहिले कहिले) समाज आक्रोसित बन्ने गरेको छ । राजनीतिक कार्यक्रमहरुमा सरकारको आदेशमा प्रहरीले दनमन, ज्यादति गर्ने विषय त सामान्य भइहाल्यो । डाक्टरी पेशा पनि झण्डै झण्डै त्यस्तै आततायी बन्न थालेको छ । विरामी अस्पताल पुग्छन्, बिरामी सन्चो हुनुको बदला उसको ज्यानै जान्छ । यस्तो घटना बयोधाजस्ता नया“ र नर्भिकजस्ता पुराना साधनसम्पन्न अस्पतालमा पनि हालैका दिनमा घट्न पुगेका छन् । डाक्टरको लापरवाहीले बिरामीलाई मारियो भनेर जनताले हुलदङ्गा गर्नुपर्ने र सेवाग्राहीको आक्रोस शान्त पार्न अस्पताल व्यवस्थापनले सम्झौता गर्नुपरेका समाचार आउने गरेका छन् । यी घटना भनेका सेवा दिने बेइमान भएरै हो । बेइमानलाई दण्ड दिने र इमान्दारलाई स्यावासी दिनुपर्छ भन्ने सरकारले, सम्बन्धित निकायले कहिले बुझ्ने, प्रथा बसाल्ने ?
पत्थरीको अपरेशन गर्न गएका बिरामीको मृगौला झिकेको आरोप पनि डाक्टरमाथि लागेका छन्, धरानको वीपी अस्पतालमा सिमान्तकृत जातिकी सुत्केरी हुन आएकी महिलालाई भर्ना नलिएर उनको ज्यान गएका घटना पनि सार्वजनिक भइसकेका छन् । आखिर किन यस्ता घटनामा अस्पताल, डाक्टरहरुको नाम जोडिन्छ रु डाक्टरहरुले ‘सपथ’ बिर्सेर नैतिकहीन भएकै हुन् रु डाक्टरहरु सेवा भन्दा व्यापारमा लागेकै हुन् ?  कसरी सुध्रिने, सुधार्ने, सुधार गर्ने विषयमा स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल अथवा चिकित्सक संघले बहस गर्ने गरेका छैनन्, डाक्टरी पेशामा लागेकाहरुको नियमन गर्ने झण्झट किन उठाउने भनेर उदासीन रहने गरेका छन् ।

एउटा बिरामीका लागि डाक्टर भगवान हो । डाक्टरको भरोसामा बिरामी र उसका आफन्तले जीवन सुम्पेका हुन्छन् । डाक्टरको सानोभन्दा सानो खेला“चीका कारण बिरामीको जीवन जानसक्छ । बेलैमा उपचार पाउ“दा बिरामी निको पनि हुन्छ । अस्पतालहरुमा बिमारी के हो रु पत्ता लगाउनै गाह्रो हुने गरेको छ । जतिपटक जति ठाउ“मा जा“च गराए पनि अलग अलग रिपोर्ट आउने समस्या अर्को ठूलो समस्या हो । अत्यन्त जोखिमपूर्ण छ डाक्टरी पेशा । यसकारण डाक्टरको उपाधि लिएर कर्मक्षेत्रमा जानुअघि एउटा डाक्टरले मानवीय सेवाका लागि जीवन अर्पण गर्छु भनेर सपथ खान्छ । जव कार्यक्षेत्रमा पुग्छ, ऊ पैसा, सुविधा, स्वार्थ देख्न थाल्छ र त्यसैमा आफूलाई रमाउन थाल्छ । स���वा गर्छु भनेर सपथ खाएको डाक्टर बिरामीको जीवनस“ग यसरी खेलबाड गर्दैजान्छ । यही प्रश्नमा नेपाली स्वास्थ्यकर्मीहरुले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । स्वास्थ्यकर्मीहरु किन सपथ बिर्सेर मनपरी आफूलाई जे गरे पनि हुन्छ भन्नेमा अभ्यस्त गराउन थालेका छन् रु डाक्टरस“ग सम्बन्धित निकायहरुले गम्भीरताका साथ मनन गर्नेपर्छ । मेडिकल काउन्सिलको काम लाइसेन्स दिनु अथवा कोटा निर्धारण गर्नुमात्र होइन भने, चिकित्सक संघको काम साइनबोर्ड झुण्ड्याएर डाक्टरी राजनीति गर्ने हु“दै होइन भने अव डाक्टरहरुलाई सपथ अनुकूल र समयसापेक्ष दक्ष बन्नैपर्नेतिर पनि सोच्ने कि रु एकपटक डाक्टर भएको व्यक्ति समयक्रममा विकसित चिकित्सा विज्ञानको ज्ञान हासिल गर्दैन र जीवन पर्यन्त डाक्टर भएरै बा“च्छ भने यो पनि अतिशयोक्ति नै हो । अगाडी बढ्दैछ मेडिकल साइन्स र कमजोरी धेरै छन्, मेडिकल लाइनमा । त्यसैले ती कमजोरीलाई आधुनिकतामा ढाल्ने प्रयास किन भइरहेको छैन ?

सरकारी अस्पतालको दुर्दसा नारायणी उपक्षेत्रीय अस्पतालका १२ जना डाक्टरलाई भारतीय माइक्रो औषधि कम्पनीले यूएईतिर ‘रिट्रिट’ गराउन लगेछ । कसैले घरविदा, कसैले सट्टाविदा लिएर यतिखेर उनीहरु यूएईमा रमाइलो गरिरहेका छन् । अस्पताल नै खाली गराएर एकैचोटि औषधि कम्पनीको खर्चमा शल्य चिकित्सक डाक्टरहरु विदेशी सयर गर्न जान मिल्छ कि मिल्दैन रु सरकारी नियम के भन्छ रु डाक्टरी मर्यादा र सपथले छेक्छ कि छेक्दैन रु सबै संविधानको चर्चामा व्यस्त छन्, दैनिक ७ सय बिरामी आउने वीरगञ्ज अस्पतालको बिजोक हेर्ने फुर्सद कसैलाई पनि देखिदैन । डाक्टरहरुको मानवीय सेवाप्रति समर्पित हुने भाव यसरी मर्दै गइरहेको छ । डाक्टरहरुको यस्तो चरित्र मुलुकका अन्य अस्पतालहरुमा पनि देखिन्छ, भेटिन्छ । अझ डाक्टरहरु सरकारी अस्पतालमा आएका विरामीलाई निजीतिर जान सुझाव दिन्छन्, एजेन्ट लगाएर बिरामी तान्छन्, यस्तो पनि देखिएको छ । भो धेरै आलोचना नगरौं, स्वास्थ्य क्षेत्रका कमी कमजोरी हटाउन सबैभन्दा पहिले मेडिकल काउन्सिल र चिकित्सक संघ आफै सक्रिय भएको देख्न पाइयोस् ।

प्रतिक्रियाको लागि   rajan2012karki@yahoo.com