बुधबार, बैशाख १२, २०८१

आजबाट विधिपूर्वक छठ पर्व सुरु गरिदै

काठमाडौ कात्तिक १०, दिपावली पर्वको समापन सङसङगै सुरुहुने छठपर्व आजदेखि विधिपूर्वक सुरु गरिदै छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो _MG_3837sjh_road_photography_chhath_ranipokhariदिन आज नहा-खा अर्थात् नुहाएर खाने गर्दछ विधि गर्दै ब्रतालुहरुले पर्वलाइ स्वागत गरेका छन । त्यस्तै पर्वको दोस्रो दिन मङ्गलबार खर्ना मनाइनेछ । खर्नाका दिन ब्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँने गर्छन भने षष्ठीका दिन अर्थात् बुधबार साँझ अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ अर्पण गर्छन् ।

छठ पर्वको मुल्य आकर्षण भनेको सूर्यको उपासना सहित अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्दछ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा राजधनीको रानीपोखरी, टङकेश्वर, गौरी घाट र शङखमूल लगायतका नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।

त्यस्तै त्यसको भोलिपल्ट बिहीबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो-याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने गरिन्छ ।