बुधबार, चैत्र १५, २०७९

विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण सडक यात्रु महर्जनको मृत्यु

माग सम्बोधन नभएसम्म शव बुझ्दैनौ : पिडितपक्ष

महर्जन परिवारको  विचल्ली 

  काठमाडौ कात्तिक ६, काठमाठौं महानगरपालिका वडा न. १८ रक्तकाली परिसरमा नेपाल विद्युत प्राधिकरणको चरम लापरवाइका कारण गत सोमवार त्यो पनि नेपालीहरुको दोस्रो   ठूलो चाड तिहारको मुखमा बालाजु निवासी उमेस महर्जनले ज्यान गुमाएका छन ।  कहिले पनि उपभोक्त मैत्री बन्न नसकेका प्राधिकरणका गैर जिम्मेवार कर्मचारीहरुलाइ वारम्वार लिखित मौखिक निवेदन गर्दा पनि त्यस क्षेत्रमा विस्तारित हाइटेन्सन लाइनको ममत गर्ने तर्फ प्राधिकारणले चरम लापरवाही सहित समयमानै चासो नदेखाएका कारण मोटरसाइकलमा सवार महर्जनले अकल्पनीय रुपमा ज्यान गुमाउनु परेको हो ।

घटना सम्बन्धि प्राप्त विवरण अनुसार सोमबार अपरान्ह मोटर साइकलमा सवार हुँदै उमेस महर्जन  रक्तकाली परिसरबाट आफ्नो गन्तव्यमा जाँदै गर्दा यसअघिनै वारम्वार मर्मतका लागि स्थानीयले प्राधिकरणमा निवेदन गरिसेको हाइटेन्सन लाइन अचानक चुडिएर मोटरसाइकलमा सवार महर्जनका घाँटीमा परेको र तिव्रगतिको करेन्ट प्रवाह भइरहेको विद्युत लाइनले समाते पछि उहाँको घटनास्थलमानै मुत्यु भएको थियो ।

m 1
(मृतक उमेस महर्जनको परिवार ,फोटो : सौजन्य दिनेश महर्जन)

त्यसपछि स्थानीय वासिन्दा महजर्नका गुठियार र बालाजु बस्ने महर्जनका शुभचिन्तकहरुको पहलमा उक्त घटनाको जानकारी प्राधिकरणमा गराउँदा पनि प्राधिकरणले कुनै सुनवाइ नगरे पछि घठनाबाट विछिप्तहरुको मनोभावना आन्दोलनमा रुपान्तर भएको बझिएको छ । तत पश्चात बुधवार रत्नपाक स्थित प्राधिकरणको कार्यालय घेराउ गदै धर्ना दिए पछि प्राधिकरणले आफ्नो लावापरवाहीका कारण महर्जनको मत्यु भएको स्विाकारर्दै रु एक लाख क्षतिपूति दिन पिडित पक्षलाइ दवाव दिदै गर्दा एकतर्फ चरम लापरवाही अर्को तर्फ मानवीय जीवनको मूल्य रुएक लाख निर्धारण गरेकोमा आपत्ती प्रकट गर्दै पिडित पक्षले प्राधिकरणमा मात्र सिमित नराखी आफ्नो आन्दोलनलाइ सडक केन्द्रीत गर्ने चेतावनी दिएको थाहा भएको छ ।

m2
(मृतक महर्जनको श्रीमती गीता महर्जन र दुइ जना छोरीहरु क्रमस ८ वर्षिय युरिका महर्जन र ७ वर्षिय युनिसा महर्जन  फोटो : सौजन्य दिेनेश महर्जन )

त्यस पछि संविधानसभा काठमाडौं निर्वाचन क्षेत्रन ७ अन्तगत पर्ने रक्तकाली क्षेत्रबाट निर्वाचित सभासद रामवीर मानन्धर समेतको उपस्थितीमा पिडित पक्ष र प्राधिकारणका अधिकारीहरु वीच पिडित पक्षको तर्फबाट

प्रस्तुत माग सम्बोधनका लागि ९ सदस्यीय समिति गठन गरिएको पिडित पक्षका बावुराजा महर्जनले जानकारी दिएका छन ।  उहाँका अनुसार मृतक महर्जनको श्रीमती गीता महर्जन र दुइ जना छोरीहरु क्रमस  ८ वर्षिय युरिका महर्जन  र ७ वर्षिय युनिसा  महर्जनको  भरणपोषणको एकमात्र आधार रहेका उमेस महर्जनको मृत्यु पछि परिवारको विचल्ली हुँने भएकोले उनिहरुको जीवन गुजाराका लागि श्रीमती लाइ प्राधिकरणमा योग्यता अनुरुपको रोजगार र वालबच्चाको शिक्षादिक्षाको प्रवन्ध सहितको क्षतिपूति मागदावी पिडित पक्षले राखेको बताएका छन ।

स्मरण रहोस प्राधिकरणले आफ्नो माग पूरा नगरेसम्म मृतक महर्जनको शव नबुझ्ने अडान सहित उनिहरु आन्दोलित रहेका छन भने मर्हजनको शव त्रिवी शिक्षण अस्पलतालको शवगृहमा रहेको वावुराजा महर्जनले जानकारी दिएका छन ।

घटनास्थलको फोटो सौजन्य : Sunil Sharma, Photojournalist

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930