मङ्लबार, चैत्र ६, २०८०

सङ्घीयता, शासकीय स्वरुपलगायतका विषयमा काँग्रेसको अडान कायमनै छ : उपप्रम  सिंह

बनेपा कात्तिक ४, नेपाली काँग्रेस बनेपा नगर कमिटीले आज बनेपामा आयोजना गरेको दीपावली, छठ र नेपाल संवत् ११३५ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै 65530_10152813513807329_1322743554980424695_nउपप्रधानमन्त्री प्रकाशमान सिंहले संवैधानिक राजनीतिक संवाद समितिको म्याद संविधान निर्माणमा सहमति गर्न थप गरिएको बताउनुभएको छ ।  सङ्घीयता, शासकीय स्वरुपलगायतका विषयमा काँग्रेसको अडान कायमनै छ : उपप्रम  सिंह

 काँग्रसका महामन्त्री समेत रहेका सिंहले विवादित शासकीयस्वरुप, सङ्घीयतालगायत विषयलाई मिलाउने समेत तयारी भएको जानकारी दिँदै सङ्घीयता, शासकीय स्वरुपलगायत विषयमा काँग्रेसको अडानका कायम रहेको बताउँनु भएको थियो ।  कार्यक्रममा सभासद् कञ्चनचन्द्र वादे श्रेष्ठ काभ्रे काँग्रेसका सभापति शिवप्रसाद हुमागाईं, पार्टीका नगर कमिटी अध्यक्ष राम जोशीलगायतका वक्ताहरुले बोल्नु भएको थियो ।