बुधबार, बैशाख १२, २०८१

जनकवि केशरी धर्मराज थापाको निधन

 dharmaraj-thapaकाठमाडौं असोज २८, हरियो डाडा माथी हलो जोत्ने साथी, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन जस्तो चर्चित   लोकप्रिय गीतका गायक जनकवि केशरी धर्मराज थापाको आज  बिहान ९१ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहँदै आएका थापाको स्वयम्भु स्थित निवासमै निधन भएको थियो । अन्तिम श्रद्धान्जलिका लागि   उहाँको पार्थिव शरीरलाई आज ११ देखि २ बजेसम्म श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा राखिनेछ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी पारिवारिक सुत्रबाट बुझिएको छ  ।  उहाको  श्रीमती, तीन छोरा र दुई छोरी छन् ।