शुक्रबार, चैत्र १६, २०८०

कार्यावधि, क्षेत्राधिकार र सचिवालय सम्बन्धी नितिगत गर्दै राजनीतिक समितिको पहिलो बैठक सम्पन्

 समितिले संविधान निर्माणमा राजनीतिक समझदारी जुटाउने नेताहरुको विश्वास

राजनीतिक समितिको कार्यकाल दुई वर्ष

काठमाडौ असोज २७ , मुलुकको विद्यमान यावत राजनीतिक गतिरोध हटाउन गत बुधवार प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिअनुसार गठित राजनीतिक समितिको कार्यकाल दुई वर्ष रहने भएको छ । समितिको गठनपछि आज सिंहदरबारमा बसेको पहिलो बैठकमा समितिको कार्यावधि, क्षेत्राधिकार र सचिवालय राख्ने बारेमा resize_image-258x160निर्णय गर्दै कायकालको अवधि  तय  गरिएको हो ।

त्यस्तै बैठकले शान्ति प्रक्रियासँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता खोजबिन आयोगको अवधि दुई वर्ष भनिएको र यसैसँग सम्बन्धित राजनीतिक समितिको अवधि पनि दुई वर्ष हुने सम्भावना रहेको समितिका संयोजकसमेत रहनुभएका एमाओवादी का अध्यक्ष पुष्पकमल दाहालले बताउनुभयो ।  त्यस्तै समितिका सदस्यसमेत रहनुभएका काँग्रेसका उपसभापति रामचन्द्र पौडलले पहिलो बैठकमा समितिको क्षेत्राधिकारका र सचिवालयको व्यवस्था गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिदै समितिले संविधान निर्माणमा राजनीतिक समझदारी जुटाउने विश्वास व्यक्त गर्नुभयो ।

आजको बैठकमा काँगे्रसका तर्फबाट उपसभापति पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेबाट अध्यक्ष केपी ओली र उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता डा बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेस केन्द्रित दलका तर्फबाट तमलो अध्यक्ष महन्थ ठाकुर, मजफो ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार र मजफो नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका वरिष्ठ नेता सूर्यबहादुर थापा, नेकपा ९माले०का महासचिव सिपी मैनाली उपस्थित हुनुहुन्थ्यो ।