शुक्रबार, चैत्र १६, २०८०

विनियोजन विधेयक, २०७१ मा आज प्रधानमन्त्रीले सदनमा जवाफ दिदै

काठमाडौ असोज २७, व्यवस्थापिका–संसद्को अहिले ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०७१ माथिको छलफलमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको आज 0प्रधानमन्त्रीले जवाफ दिनुहुने भएको छ । विधेयकमाथिको छलफल सकिएपछि प्रधानमन्त्री र सरोकार वाला मन्त्रीले जवाफ दिने कार्यतालिका अनुरुप बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले उठाउनुभएको जिज्ञासाको सम्बोधन गने लागेको हो ।

यस विचमा व्यवस्थापिका संसदको बैठक पटक पटक अवरुद्ध भएका कारण गत विनियोजन विधेयक माथिको छलफलसमेत प्रभावित भएको थियो ।  आइतवारको बैठकमा कृषि विकास, उद्योग, भूमि सुधार तथा व्यवस्था, समान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, सहरी विकास, सिँचाइ, ऊर्जा, गृह, रक्षा, विज्ञान, प्रविधि तथा वातावरण, सहकारी तथा गरिबी निवारण, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको छलफल गरिएको भने आज

प्रधानमन्त्री र मन्त्रीले सदनमा आ–आफ्नो निकायअन्तर्गतको विनियोजित बजेटमाथि उठेको जिज्ञासाको जवाफ दिएपछि चालु आवको बजेट पारित गरिने संसद सचिवालयले जनाएको छ ।